कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुने गरेका छन्।
उत्तरी चीनस्थित रसायन कारखानामा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्।
बिहीबार राति इनर मंगोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा चुहावट भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभी)ले जनाएको छ। ग्यास चुहिएर घाइते भएकामध्ये एक जनाको घटनास्थलमा र अन्यको उपचारका क्रममा ज्यान गएको थियो। मृतकको संख्या बढ्नसक्ने बताइएको छ।
कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा बारम्बार औद्योगिक दुर्घटना हुने गरेका छन्। यो वर्षको शुरूमा इनर मंगोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए।
हालै उत्तर–पश्चिम चीनको यिनचुआनस्थित चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो। सात घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
