मलेसियाको बांगीमा जितका लागि १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।
काठमाडौँ– नेपाल आईसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटबाट बाहिरिएको छ।
शुक्रबार बिहान भएको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको हो।
मलेसियाको बांगीमा जितका लागि १०६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अलआउट भयो।
नेपालका कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाइन्। अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
थाइल्यान्डकी ओनिचा कम्चोम्फु र थिपाच्चा पुथावोङले समान ३/३ विकेट लिए। नाट्या बुचथमका नाममा २ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०५ रन बनायो।
थाइल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन्। उनले ६३ बलमा ४ चौका प्रहार गरेकी थिइन्।
नत्ताकन चान्थमले ४५ बलमा २ चौकासहित ३१ रन बनाइन्। नेपालका कविता कुँवर र पूजा महतोले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
