जनमत पार्टीका अध्यक्ष सीके राउतले स्रोतसाधन अभावका कारण पार्टीका गतिविधि सञ्चालनमा समस्या भएको गुनासो गरेका हुन्।
काठमाडाैँ– जनमत पार्टीका अध्यक्ष सीके राउतले स्रोतसाधन अभावका कारण पार्टीका गतिविधि सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्।
सांस्कृतिक जनमत संघ काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। नयाँ पार्टी भएकाले स्राेतसाधन कमीका कारण समस्या भए पनि संघर्षबाट नै इतिहास रच्न सकिन्छ भन्ने कुरा ख्याल गर्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे।
उनले भने, "हौसला उच्च राख्नुहोला, किनभने नयाँ पार्टी छ। सबै साधनस्राेतमा हामी सम्पन्न छैनाैँ, अरू पार्टीजस्तो। त्यसैले अलि संघर्ष छ, तर संघर्ष गर्ने मानिसले नै इतिहास रच्ने हो, त्यो थाहा पाउनुपर्छ।"
उनले आफूहरू सांस्कृतिक क्रान्तिको पक्षमा रहेको भन्दै पार्टी सधैँ परिवर्तनको पक्षमा उभिने बताए। साथै, समाजमा भएका सांस्कृतिक समस्यालाई समाधान गर्न हरेक जिल्लामा सांस्कृतिक संगठन बनाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
