लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ।
गएकाे आइतबार लिबियाकाे पूर्वी क्षेत्रमा आएको भीषण बाढीका कारण हजारौँको ज्यान गएको छ भने १० हजारभन्दा बढी सम्पर्कविहीन भएका छन्।
लिबियाको डेर्ना शहरमा फेला परेका शवहरूको संख्या मात्रै एक हजारभन्दा बढी भएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। डेर्ना बन्दरगाह शहर हो।
समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुल भत्किएपछि एकलाख जनसङ्ख्या रहेको डेर्ना शहरको धेरैजसो भाग डुबानमा परेको छ। त्यहाँका एक लाखभन्दा बढी घरहरू पानीमा डुबेका छन्। शहरकाे एक चाैथाइ भाग बाढीले बगाएकाे बताइएकाे छ। "मैले बढाइचढाइ गर्न त मिलेन तर २५ प्रतिशतभन्दा बढी भाग हराएको छ," लिबियाका उड्ययनमन्त्री हिजेम किवटले बताए।
लिबियामा आइतबार प्रवेश गरेको ड्यान्यल नामक समुद्री आँधीका कारण अन्य तटीय क्षेत्रहरूमा पनि विनाशकारी बाढी निम्तिएको छ। बाढीले पुर्याएकाे क्षतिकाे यकिन विवरण आउन सकेकाे छैन। अहिलेसम्म देशभर दुई हजारभन्दा बढीले ज्यान गुमाइसकेकाे बताइएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
