जोन र शेरेले १२ सय पटक लागुऔषध खोजी गरेका छन् भने टाइगरले विशिष्ट व्यक्तिहरूको सुरक्षामा ७०० पटक आफ्नाे जिम्मेवारी निभाएका छन्।
काठमाडाैँ– नौ वर्षसम्म प्रहरी सेवामा रहेका तीन कुकुरले अवकाश पाएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाअन्तर्गत केनाइन शाखाका लेब्राडोर जातको शेरे र जर्मन सेफर्ड जातका टाइगर र जोनले सेवा अवधि पूरा गरेर अवकाश पाएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार उनीहरूले प्रहरी सेवा पूरा गरी 'प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८०' बमोजिम सेवा निवृत्त भएका हुन्। जोन र शेरे नामका कुकुरले आफ्नो सेवा अवधिमा १२ सय पटक लागुऔषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका छन्। टाइगर नामको कुकुरले विशिष्ट व्यक्तिहरूको सुरक्षाको लागि ७०० पटक समारोहस्थल, बाटो, संसद भवनलगायत विभिन्न स्थानमा जाँचका क्रममा आफ्नो जिम्मेवारी निर्वाह गरेका छन्।
यस्तै, बागमती प्रदेशअन्तर्गतका जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत यी कुकुरहरूले उत्कृष्ट भूमिका निभाएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सामान्यतया यी कुकुरकाे आयु ९ देखि १४ वर्षकाे हुन्छ। बुढाे हुँदै गएपछि यिनीहरूकाे काम गर्ने क्षमता पनि घट्दै जान्छ। यसरी सेवा निवृत्त भएका कुकुरलाई 'प्रहरी कुकुरहरूको विषयगत संख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्तसम्बन्धी कार्यनिर्देशन-२०८०' को नियम १७ बमोजिम सम्बन्धित दाता, बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा सर्वसाधारणलाई वितरण गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
