बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए।
काठमाडाैँ– हेटौँडामा डाक्टर कुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपटि गर्ने हेटाैँडाका रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।
एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। रितपूर्वक जाहेरी परेपछि कानूनअनुसार थप कारबाही अगाडि बढाइने डीएसपी भण्डारीले बताए।
दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग
यसैबीच नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९’ बमोजिम कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेका छन्।
“चिकित्सकमाथि हमला गरी गम्भीर घाइते बनाई अन्य स्वास्थ्यमर्मीहरूलाई धम्क्याएको घटनाले चिकित्सक संघ स्तब्ध बनेको छ,” विज्ञप्तिमा भनिएको छ, “घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई नै हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीलाई यथाशीघ्र पहिचान गरेर कारबाहीको दायरामा ल्याउन संघ जोडदार माग गर्दछ।”
संघले दोषीलाई ७२ घण्टाभित्र कानूनी कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
