बालुवाटारस्थित निवासबाट शुरू भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।
काठमाडौँ– संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ।
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा निकालेको थियो।
बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो। आर्यघटमा फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ ।

त्यहाँ परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन्। अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए।
यस्तै, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरूले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। श्रद्धाञ्जलीको क्रम जारी छ।

नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता छ।
अब राजकीय सम्मानका साथ उनको दाहसंस्कार गरिने छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
