फुङफुङ्गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।
फुङ्लिङ– फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजंगल। यहाँको वातावरणले मनै लोभ्याउँछ। पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना। ३०० मिटर अग्लो चट्टानी कापबाट फुङफुङ गर्दै खसेको झरना निकै आकर्षक देखिन्छ।
मिक्वाखोला गाउँपालिका–४ साँवामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र बनेको स्थानीय विजय साँवाले बताए। झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ। नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ।
झरनाको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको हो। झरनासम्म सडक पनि पुगेको छ। पर्यटकको चहलपहल हुन थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होटेल सञ्चालनमा आउन थालेका छन्। सडक पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुँदै गएको छ। स्थानीयले होटेल तथा होमस्टेसमेत सञ्चालन गरेर आम्दानी गर्न थालेको साँवाले बताए।
केही वर्ष अगाडि झरनामा आउने पर्यटकका लागि खाने बस्ने ठाउँ अभाव थियो । तर झरना नजिकै सडक पुगेसँगै बजार विस्तार हुन थालेको छ। बजार विस्तार भएसँगै किसानले उत्पादन गरेको स्थानीय उत्पादनले पनि राम्रो बजार पाउन थालेको छ। झरना नजिकै अझ मिक्वाखोला गाउँपालिकाको केन्द्र स्थापना हुनुलाई पनि झरनाको थप प्रचारप्रसार सहयोग पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको हो। यस क्षेत्रका लागि तीन तहका सरकारले विगतदेखि नै बजेट विनियोजन गरेर आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ। झरनालाई सौन्दर्यीकरण गर्नका लागि चालु आवमा संघीय सरकारबाट एक करोड रुपैयाँ बजेट विनियोजन भएर ठेक्का लागि सकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताए।
धार्मिक तथा सांस्कृतिक महत्त्व
झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई पर्यटकीय र धार्मिक महत्त्व बोकेको छ। झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजिकै फुङफुङे देवीको पूजास्थल पनि राखिएको छ। यहाँ देवीको पूजा गर्न भक्तजन पनि जाने गर्छन्। झरनाको अवलोकन गर्ने पर्यटक झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।
पर्यटकीय सम्भावना
भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ। उक्त सडक निर्माण सकिएपछि ताप्लेजुङमा पर्यटकीय गतिविधि स्थानीयले अपेक्षा गरिएको छ। झरनासम्म पुग्ने सडक कालोपत्रेलगायत भौतिक पूर्वाधारको निर्माण र प्रचारप्रसारमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा झन् वृद्धि हुने स्थानीय बीके लिम्बूले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
