वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।
काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले काठमाडौं उपत्यकामा १३ वटा बेग्लाबेग्लै टोली परिचालन गरेर बजार अनुगमन थालेको छ। विशेषगरी चिनीको कलोबजारी रोक्न र गुणस्तर अनुगमन टोली परिचालन गरिएको हो।
वाणिज्य विभागबाट खटिएको एक टोलीले सोमबार बिहान कुलेश्वरस्थित एक गोदाम सिल गरेको छ। चिनी र दाल भएको गोदाम गएको बिहीबार सिलबन्दी गरेको विभागले सोमवार सार्वजनिक गरेको छ।
विभाग स्रोतका अनुसार संयुक्त बजार अनुगमन टोलीले ७० हजार किलो (१४ सय बोरा) चिनी राखिएको गृहेश्वरी ट्रेड लिंकको गोदाम सिलबन्दी गरेको हो। उक्त ट्रेड लिंकले अधिक मूल्यमा चिनी बेच्ने र कम मूल्यको बिलबिजक दिने गरेको बताइएको छ। विभागले सार्वजनिक गरेको जानकारी अनुसार परीक्षणका लागि बरामद चिनीको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ ।
“लेबलिङ् र गुणस्तरमा समस्या रहेकोजस्तो लागेर गोदाम सिल गरिएको छ। कतिपय बोरामा लेबलिङ मेटिएको र कतिपयमा लेबलिङ अस्पष्ट देखिएको छ। दालमा पनि लेबलिङ गर्दाखेरी पूरै विवरण नखुलाएर वर्ष र महिना मात्र उल्लेख गरिएको पाइएको छ,” विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले भने।
उनका अनुसार दाल कति परिणाममा छ भन्ने यकिन भइसकेको छैन। “हामीले परिक्षणका लागि पठाएका छौं, रिपोर्ट आएपछि अरु कुरा खुल्छ,” उनले भने।
चिनीको लागि बेग्लै अनुसन्धान दल
प्रवक्ता पोखरलेले बजारमा अनुगमन बढाइएको छ। अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन भइरहेको छ। १० वटा अनुगमन टोली, दुई वटा सुराकी टोली र चिनी सम्बन्धी अनुसन्धान गरिरहेको एउटा कार्यदलसहित १३ टोली परिचालन गरिएको छ।
चिनीको लागि विभागका उपसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोलीले काम गरिरहेको पोखरेलले बताए।
चिनी गोदाममा राखेर आपूर्ति रोकको हो कि होइन भन्नेमा बिलहरुको अध्ययन भइरहेको र प्रारम्भिक रुपमा हेर्दा भण्डारण तथा लेबलिङमा समस्या देखिएको उनले बताए। “लिखित कागजातको रुपमा कारवाही गरिन्छ। अभियोजन प्रमाणका आधारमा नै गर्ने हो। बिल बिजकको कुरा अध्ययन अध्ययन हुदैछ,” उनले भने।
बजारमा दुई महिनायता चिनीको मूल्य करिब ३० प्रतिशतले बढेको छ। साउनअगाडि प्रतिकिलो १०० रुपैयाँभन्दा कम रहेको चिनीको भाउ अहिले १३० रुपैयाँसम्म पुगेको छ।
“हामीले त चिनी बेच्न नै छोडेका छौं, थोक बिक्रेताले १०५ रुपैयाँभन्दा बढीको बिल दिँदैनन्, जबकि १२४ रुपैयाँ किलोमा हामीलाई चिनी दिरहेका हुन्छन्,” कागेश्वरी मनोहरा ८, तेजविनायकका एक किराना व्यवसायीले भने, “त्यो चिनी हामीले परल मूल्यमा ६ रुपैयाँ नाफा लिएर किलोको १३० मा बेच्दा पनि २५ रुपैयाँ नाफा कमाएको देखिन्छ। अनुगमन टोली आयो भने हामी नै दोषी ठहरिन्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
