बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक घट्दा कारोबार रकम पनि घटेर ६ अर्ब ८५ करोड पुगेको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से निरन्तर छैठौँ कारोबार दिन पनि घटेको छ। बुधबार नेप्से २२.७३ अंक घटेर २६१०.२१ विन्दुमा पुगेको हो।
नेप्से निरन्तर ओरालो लागेसँगै भोल्युम पनि निरन्तर घट्दो क्रममा रहेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१७ कम्पनीका १ करोड ५४ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
घटेको बजारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज सीईडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ग्रिनलाइफ हाइड्रोपावरको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बुधबार १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन फाइनान्स, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।
जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८५ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
