महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना पुडासैनीको छ।
काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आसन्न महाधिवेशनमा बेलायत निवासी राजेन्द्र पुडासैनी सचिव पदकाे उम्मेदवार बनेका छन्।
उम्मेदवारका रूपमा उनले उठाइरहेका मुद्दा भने अलि फरक छन्। नुवाकोटमा जन्मेर २२ वर्षयता बेलायतमा बसोबास गर्दै आएका पुडासैनी एनआरएनए-युकेको स्थापनाकालदेखि सक्रिय छन्। २०२१-२०२३ मा आईसीसी सदस्य रहेका उनी त्यहाँ सिनियर स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन्।
"एनआरएनएमार्फत धेरै राम्रा काम भएका छन्। तर बेलाबेला नेतृत्वका लागि हुने गरेको अस्वस्थ, पद प्राप्तिका अप्रिय प्रतिस्पर्धाहरूका कारण यसको इमेजमा धक्का पुगेको छ। अतः यसको इमेज सुधारेर संस्थाको रिब्रान्डिङ गर्नुपर्ने छ। वृहत् राष्ट्रियताको प्रबर्धन गर्नुपर्ने छ," उनी भन्छन्, "विदेशमा रहेका सबै नेपालीबीच याे संस्थालाई पुर्याउने, अधिकतम 'एकेडेमिक' व्यक्तिहरूलाई संस्थामा आकर्षित गराउन भूमिका खेल्ने, संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने मेराे उद्देश्य हाे।"
उनले महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना सुनाए। त्यस्तै, एनआरएनलाई खासगरी जलस्रोत र पर्यटनमार्फत् नेपाल बदल्ने अभियानमा लगाउने, रेमिट्यान्स कानूनी तरिकाले नेपाल लैजानुपर्छ भन्नेमा जोड दिने, ग्रासरुटका कुरा सुन्ने र ग्रासरुटसम्म पुग्ने पहल जरुरी भएको उनले बताए।
भूकम्प र कोभिडकालमा लामाे समय नेपालमा बसेर उनी सामाजिक काममा समेत सक्रिय थिए। एनआरएनएमा ६ जना सचिव निर्वाचित हुने व्यवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
