श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।
काठमाडौँ– चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। उनलाई अस्पताल भर्ना गरिएको छ।
श्रेष्ठलाई बुधबार बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठलाई सामान्य खालको हृदयाघात भएको बताइएको छ। उनको छातीमा स्टेन्ट राखिएको छ।
अहिले श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताललाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ। २४ घन्टे निगरानीका लागि सघन उपचार कक्षमा राखिएको छ।
उनी चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
