लामो दूरीका सवारी साधनहरू तीव्र गतिमा गुड्ने देशकै मुख्य राजमार्गमा यसरी छोडिएका चौपायाले आफैँ जोखिममा रहेर सवारी दुर्घटनाको खतरा पनि निम्त्याइरहेका छन्।
दाङ– यी दृश्यहरू पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु र दाङ जिल्लामा पर्ने करिब २०० किलोमिटर खण्डका हुन्।

कपिलवस्तुको चन्द्रौटादेखि दाङको इमिलियासम्म सवारी साधन गुडाउनै मुश्किल पर्छ। चन्द्रौटाको मुख्य बजार चौपायाले भरिभराउ देख्न सकिन्छ।

यस्तै, इमिलियाको घना जंगलबीच पनि चौपायाको उस्तै बिगबिगी छ।

बाटो नछाड्ने गाईबस्तुका बथानकै कारण गोरुसिंगे-लमही खण्डमा सवारी साधनले गति लिनै पाउँदैनन्। कुनै बेला त लामै अवरोधको सामना गर्नुपर्छ।

लामो दूरीका सवारी साधनहरू तीव्र गतिमा गुड्ने देशकै मुख्य राजमार्गमा यसरी छोडिएका चौपायाले आफैँ जोखिममा रहेर सवारी दुर्घटनाको खतरा पनि निम्त्याइरहेका छन्।

राजमार्गको यस खण्डमा सडक दुर्घटना भइरहन्छ। यी छाडा चौपायाको बथानले बाटो नछोड्नु पनि दुर्घटनाको एउटा प्रमुख कारण बनिरहेको स्थानीय ट्राफिक प्रहरीहरू बताउँछन्।

जंगलमा पशु तह लगाउन गाडीका स्टाफ आफैँ ओर्लेर कस्सिनु पर्ने अवस्था छ भने कतियप बजारक्षेत्रमा त ट्राफिक प्रहरीले सवारी व्यवस्थापनको सट्टा गाईबस्तु धपाइरहनु परेको दृश्य समेत भेटिन्छन्।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
