सर्वोच्चले बिहीबार रिगलको कैद माफी मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको थियो।
काठमाडौँ– सर्वोच्च अदालतले बाँकी कैद भुक्तानीका लागि पक्राउ गरी कारागार पठाउन परमादेश दिएलगत्तै रिगल भनिने योगराज ढकाललाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्चले बिहीबार रिगलको कैद माफी मिनाहाको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो।
त्यसलगत्तै उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले रिगललाई नेपालगन्जबाट पक्राउ गरिएको जानकारी दिए।
बिहीबार न्यायधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई तुरुन्त पक्राउ गरेर मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन आदेश दिएको थियो।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार दाङबाट छुटेका थिए।
भारती मानन्धरले आफ्ना पति चेतन मानन्धरको हत्याका दोषीलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
उनको रिटमाथिको सुनुवाइमाथि सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तानका लागि कारागारमा पठाउन परमादेश जारी गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
