टी२० आईमा आशिफको चौँथो अर्धशतक

आशिफले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

काठमाडौँ– ओपनर आशिफ सेखले टी२० आईमा चौँथो अर्धशतक पूरा गरेका छन्। 

माथिल्लो मूलपानीमा जारी आईसीसी टी२० आई विश्वकपमा एशिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। 

उनले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए। उनले ३३औँ इनिङ्समा चौँथो अर्धशतक पूरा गरेका हुन्। 

आशिफले यसअघि नेदरल्यान्ड्स, मलेसिया र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।