परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्नुका साथै सेनामा भर्ना भएका नेपालीहरूलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ।
काठमाडौँ– सरकारले रुसी सेनामा सहभागी भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै रुसी सेनामा संलग्न भएका ६ जना नेपालीको निधन भएको जनाएको हो।
“हालै ६ जना नेपाली नागरिकहरू रुसी सेनामा कार्यरत रहँदा दुःखद निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार निवंगतहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ।”
मन्त्रालयले सार्वजनिक गरेको रुसी सेनामा ज्यान गुमाउनेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ रूपक कार्की, कास्कीको पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखा मेलुङ–६ का राजकुमार रोका र इलाम–५ इलामका गंगाराज मोक्तान रहेका छन्।
मन्त्रालयले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि जनाएको छ। साथै, सरकारले रुस सरकारलाई आफ्नो सेनामा भर्ना नगर्न र भर्ना भएको उनीहरूलाई नेपाल फर्काउन पनि आग्रह गरेको छ।
मन्त्रालयले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई फिर्ता ल्याउने सम्बन्धमा पहल भइरहेको बताएको छ।
मन्त्रालयले गत साउनमा विज्ञप्ति जारी गर्दै परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपालीहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेश सेनामा भर्ना हुन नदिने सरकारको नीति रहेको बताएको थियो। त्यसपछि पनि केही नेपाली रुसी सेनामा भर्नामा भर्ना भएका थिए।
मन्त्रालयले सरकारी कामकाज रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्नहरूलाई बाहेक अन्य सर्वसाधारणलाई कन्सुलर सेवा विभागले जारी गर्ने एनओसी लिएर मात्र रुसको यात्रा गर्न भनेको छ। कसैले प्रलोभनमा पारेर गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
