सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने
वाग्लेले बताए।
काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई अर्थसमितिले पत्र काट्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सांसद वाग्लले यस्तो माग गरेका हुन्। उनले अर्थ समितिमा आएर आजियाटा ग्रुपका सीईओ विवेक सुदले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताए। सीईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले उनको उक्त भनाइले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको वाग्लेले बताए।
उनले नेपालको अर्थराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरूको हवाला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहने बताए। उनले देशलाई प्रगतिको बाटोमा लैजाने,आय र रोजगारी बिस्तार गर्नको लागि प्रत्येक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्तावेजहरूले बोल्ने बताए। उनले निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताए।
सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने उनको भनाइ थियो। उनले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरूमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भिर प्रश्नहरू उठाएको पनि बताए।
यस्तै उनले वर्षको ४० अर्बदेखि ६० अर्ब सम्मको कारोबार गरेको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरू, नीति निर्माताहरू र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गरे।
उनले भने, "पहिलो आर्थिक कुशासन र रेपुटेसनल कष्ट निर्णयबाट सिर्जित वर्षको ४० अर्बदेखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरू, नीति निर्माताहरू र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको कुरा जगजाहेर नै छ। आजियटामा नेपाली साझेदार भनिएका साझेदार पात्रले महिना–महिनामा नेपालका नेताहरू र नेताका श्रीमती, नेताका छोरालाई सिंगापुर घुमाएको फेसबुकमा सार्वजनिक भएको छ।"
उनले शेयर खरिद बिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गरे। यस्तै, आजियटाका प्रवन्धनिर्देशक, नेपाली मुलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
