दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजापट्टी मानवताको सबैभन्दा अन्धकार समयमा पुगेको बताएको छ।
दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका हुन्।
“स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्,” दक्षिणी गाजापट्टीको राफाबाट पिपरकोर्नले भने, “हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ।”
इजरायली सेनाले मंगलबार दक्षिणी गाजामा हमास लडाकसँग युद्ध शुरू गरेको छ। युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको समाचार संस्था एएफपीले जनाएको छ।
प्रारम्भमा उत्तरी आक्रमण गरेको पछि इजरायलले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ। सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणबाट गाजामा करिब १५ हजार ९०० मानिस मारिएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
