तराईमा बिहानैदेखि हुस्सु, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा बिहानैदेखि हुस्स र कुहिरो लागेको छ।

दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ। 

देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।