आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट भएका छन्।
काठमाडाैँ– आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९ खेलाडी छनोट भएका छन्।
छनोट समितिले दाङमा हुने पहिलो चरणको क्याम्पका लागि २९ खेलाडी छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार चितवन (मायादेवी कप) र कोहलपुर (मेयर कप)मा भएका यू–१९ महिला छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा यी खेलाडी छनोट भएका हुन्।
क्यानका अनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन्।
त्यस्तै, अनू कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन्।
आगामी नोभेम्बरमा यूएईमा हुने एशियाली छनोटमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड रहेका छन्। खेल तालिका पनि सार्वजनिक भइसकेको छ।
क्यानका अनुसार नेपालले पहिलो खेल थाइल्यान्डसँग नोभेम्बर ६ मा खेल्ने छ। यस्तै, नोभेम्बर ७ मा कुवेत, नोभेम्बर ९ मा यूएईसँग पहिलो चरणको खेल खेल्नेछ भने पुन: नोभेम्बर १० मा थाइल्यान्ड १२ मा कुवेत र नोभेम्बर १३ मा यूएईसँग नै खेल्नेछ।
शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
