इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।
इरानका नव निर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले बुधबार छिमेकी मुलुकको भ्रमणका क्रममा इराकसँग एक दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन्।
“इरान र इराकबीच १४ सहयोग ज्ञापनपत्रमा हस्ताक्षर भएको छ, यो सहयोग विस्तारको प्रारम्भिक विन्दु हो,” पेजेस्कियानले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँगै उभिएर भने।
पदभार ग्रहण गरेपछि आफ्नो पहिलो विदेश भ्रमणमा उनले आफ्नो इराकी आतिथ्यतासँग ‘दुई मुलुकबीच अधिक सहयोगलाई प्रवर्द्धन गर्ने रणनीतिक तथा दीर्घकालीन योजनाहरूबारे’ छलफल गरेको बताए। “हामी सँगै भयौँ भने आगोमा पर्नबाट जोगिन्छौँ,” उनले भने।
सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणले इराकी तानाशाह सद्दाम हुसेनको सुन्नी बहुल शासनलाई पतन गरेपछि शिया बहुल दुवै मुलुक इरान र इराकबीच सम्बन्ध घनिष्ठ भएको छ। इरानको अन्तर्राष्ट्रिय एक्लोपनलाई कम गर्न चाहेका र मुलुकको अर्थतन्त्रमा अमेरिकी नेतृत्वको प्रतिबन्धको प्रभावलाई कम गर्न खोजेका पेजेस्कियानले छिमेकी मुलुकहरूको सम्बन्धलाई प्राथमिकता दिने वाचा गरेका छन्।
तेहरान इराकको प्रमुख व्यापार साझेदारमध्ये एक हो र इरानले बगदादमा उसको इराकी सहयोगी संसद् र वर्तमान सरकारमाथि प्रभुत्व जमाउन पर्याप्त राजनीतिक प्रभाव राख्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
