प्रधानमन्त्री दाहाललाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको बुधबार (आज)को बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा ११० मत प्राप्त भएको छ।
बैठकमा २६८ सांसद उपस्थित तथा सात सांसद अनुपस्थित थिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ। विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो।
सभामुख देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत प्राप्त भएको जानकारी गराए। उनले सो संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।
प्रधानमन्त्री दाहाललाई सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी–नेकपा एस), नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए।
यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः विश्वासको मत लिएका हुन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।
त्यतिबेला नेकपा एमाले, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए।
संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए। उनलाई सो समयमा नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त भएको थियो। त्यसबेला नेपाली कांग्रेस, नेकपा एसलगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।
राष्ट्रपति निर्वाचनका क्रममा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालले दोस्रोपटक २०७९ चैत ६ गते पुनः प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए। एमाले, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिँदा १७२ मत प्राप्त गरेका थिए। त्यतिबेला विपक्षमा ८९ मत परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
