यो साता फुटपाथ व्यवसायीलाई ‘अपराधी’को व्यवहार, पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो, ‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलसहितका कथाले चासो बटुले।
प्राकृतिक नियमानुसार ऋतु परिवर्तन भइरहेको छ। बितेको हप्ता मौसम र सत्ता–गठबन्धनका घटक एकअर्कासँग सल्लाह गरे जसरी बदलिएका थिए र बदलिए सत्तासँग जोडिएका सम्बन्धहरू। सत्तापक्ष प्रतिपक्ष र प्रतिपक्ष सत्तपक्षको कित्तामा पुगेका छन्।
संसद्को गरिमाका लागि बोल्ने आवाजहरू सदन अवरुद्ध गर्न नारा लगाइरहेका छन्। केही दिनअगाडि कसैलाई अपराधी देख्ने नजरहरूले अब तिनैको विपक्षमा बोलिने शब्दमा अपराध देखिरहेका छन्। अचानक लोकतन्त्र र वामपन्थको बहसमाथि टेकेर खुलासा भइरहेका छन्। केही परिवर्तन भएको छैन भने– बेथिति, राज्यको निरीहता।
सुशासन, परिवर्तन र विकासको अविरल गफ बगिरहँदा विभिन्न 'काण्ड'मा मुछिएका सत्तासीन नेता, तिनका आफन्त र आश्रित व्यक्ति सफलतापूर्वक ‘पानी माथिको ओभानो’ भइरहेका छन्।
'कन्फ्लिक्ट अफ इन्टरेस्ट'को धज्जी उडिरहेको छ, प्रणाली अस्तव्यस्त भए पनि आफन्तको व्यवस्थापन भएकै छ, शक्तिवानले नीति-कानून गिज्याइरहेकै छन्, पावरप्लेयर झनझन बलशाली, निरीह थप निरीह बनेकै छन्।
मौसम, सरकार र मुडको परिवर्तन र सामान्य बनिसकेका ‘हेड्लाइन’बाट लागौँ साताको अरू सान्दर्भिक खबरतिर।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णरूपमा हमला गरेर केही भूमि कब्जासमेत गर्यो। रुसी आक्रमणलाई युक्रेनले पनि प्रतिवाद गर्यो। यो द्वन्द्वमा कैयौँ मानिस मारिए, लाखौँ विस्थापित भए। युद्धपीडित एक युक्रेनी नागरिक ओल्गा यतिबेला नेपाल घुम्न आएकी छन्– शान्तिको खोजमा। साताको शुरूआतमा उनै ओल्गाले आफ्ना भोगाइका सेरोफेरोमा रहेर उकालोसँग कुराकानी गरेकी थिइन्। शान्ति खोज्दै नेपाल आइपुगेकी युक्रेनी महिलाको त्यही कथा हामीले आज प्रकाशन गरेका छौँ। पढ्नुहोस् : ‘ठूलो आवाज सुन्दा पनि बम खसेजस्तो लाग्छ’
मंगलबार प्रकाशित दुई स्टोरी पटना पुगेर गोइतलाई समातेको प्रहरी जब ‘रअ चिफ’को नाम सुनेपछि रित्तै फर्कियो र ‘बोर्डिङ स्कुल’लाई विस्थापित गराउने सामुदायिक स्कुलको कथाले निकै चासो बटुलेका थिए। यीमध्ये पहिलो स्टोरीमा १९ सालदेखि ‘भूमिगत’ रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतको ‘रअ’ सम्बन्धका कारण नेपालको सुरक्षाबलले पटक–पटक मात खानुपरेको अवस्थाको वर्णन गर्छ भने अर्को स्टोरीले साना–साना सुधारले कसरी नुवाकोटस्थित एउटा सामुदायिक विद्यालयको तीन वर्षभित्रै कायापलट भएर निजी विद्यालयभन्दा अव्वल हुन पुग्यो भन्ने कथा बताउँछ।
यसैगरी, छिमेकी मुलुक भारतमा यो साता दुई समाचार विशेष चर्चामा रहे– नागरिकता संशोधन कानून जारी गरिएको र इलेक्टोरल बण्ड मुद्दामा उच्च अदालतको फैसला। तीमध्ये, इलेक्टोरल बण्ड सम्बन्धित फैसलालाई विस्तृत रूपमा बुझ्न सहयोगी लेख इलेक्टोरल बण्डविरुद्धको त्यो फैसला : भाजपा चुप, विपक्षीको जश्न बिहीबार हामीले प्रकाशन गरेका थियौँ।
अन्त्यमा, अन्य प्रमुख हेड्लाइन:
झोँछेको सडकमा अफ्रिकाको सेटापा नाच : यस्तो छ प्रेम र कृषिसँग जोडिएको संस्कृति
जामे मस्जिदमा रमजानको नमाज (तस्वीरहरू)
इजरायलबाट १० हजार कामदारको मागः श्रम मन्त्रालय पठाउन इच्छुक तर लागेन टुंगो
असम्बन्धित व्यक्तिको नेतृत्वमा सहकारी पीडितको संस्था, आन्दोलनका नाममा उल्टै असुली
प्रहरीको मनोबल उकास्दै प्रविधि, ‘पुलिसिङ’ क्षमता पनि बढाउँदै
फुटपाथ व्यवसायीलाई ‘अपराधी’को व्यवहार, कानूनले नदिएको अधिकार किन जिकिर गर्छन् बालेन शाह?
युक्रेन र गाजा युद्धमा पिल्सिएका महिला, भोकमरीदेखि यौनहिंसा झेल्दै
मन्दिरको आम्दानी खोसिने गरी पशुपतिनाथमा चलेको शम्भुको ‘सेवा’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
