लिच्छवि हाउसमा ‘अनिच्चः परिवर्तन, जीवन, संसार’ विषयवस्तुमा आधारित प्रदर्शनी गरिएको छ। क्यानडेली कलाकार क्रोद्वारा क्युरेट प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकैठाउँमा जमघट गरायो।
काठमाडौँ– बौद्धस्थित लिच्छवि हाउसमा 'अनिच्चः परिवर्तन, जीवन, संसार' विषयवस्तुमा आधारित प्रदर्शनी आयोजना गरिएको छ। ‘एक्सप्लोरिङ इम्परम्यानेन्स थ्रु आर्ट’ शीर्षकको यो सामूहिक कला प्रदर्शनीमा स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारका कला प्रस्तुत गरिएका छन्।
क्यानडेली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारको समूहलाई एकै ठाउँमा जमघट गरायो। प्रदर्शनीकी क्युरेटर क्रोले बताएअनुसार प्रदर्शनी अनिच्च अर्थात् अस्थायित्वमा आधारित छ।
“अनिच्च अर्थात् अस्थायित्व जीवनको एक हिस्सा हो, जुन हामी सबैले परिवर्तनशील प्रतिबिम्बका रूपमा अनुभवको ऐनामा स्पष्ट र सूक्ष्म तरिकाले महसुस गर्छौं,” प्रदर्शनीकी क्युरेटर क्रोले भन्छिन्, “प्रियजनको मृत्यु, ऋतुहरूको परिवर्तन, छिनछिनमा बदलिइरहने आफ्नै मनस्थिति, विश्वव्यापी जलवायु परिवर्तन इत्यादि अनित्यताका बलिया बिम्ब हुन्।”
विभिन्न देशका आठ कलाकारको सहभागिता रहेको प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तरक्रियात्मक सत्र पनि समावेश छन्। नेपालबाट महिमा सिंहले यो प्रदर्शनीमा प्रतिनिधित्व गरेकी छन्। त्यस्तै, फ्रान्सबाट चर्वेई साई, बेलायतबाट लुसिन्डा कामेन, पूर्वबाट ड्यालइस्ट र भ्रमादेव पुष्पा, भुटानबाट कर्मा वाङ्चुक, भारतबाट गौरी गिललगायत प्रतिनिधित्व गरेका छन्। कलाका माध्यमबाट अनित्यताको खोजी गर्ने यो प्रदर्शनी चैत ११ गतेबाट शुरू भएर शनिबार सकिँदै छ।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
