सोमबार राति अमेरिका भ्रमणबाट फर्किएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मंगलबार बिहानै बालुवाटार पुगेका छन्।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि अमेरिका भ्रमण छोट्याएर स्वदेश फर्किएका उपप्रधानमन्त्री उपेन्द्र यादवले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
जसपा अध्यक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेका हुन्। आफूले प्रधानमन्त्री दाहालसँग उपप्रधानमन्त्रीको हिसाबमा भेटघाट गरेको यादवले उकालोसँग बताए। “उपप्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्रीलाई भेटेको भन्ने हिसाबले बुझ्नुस् न, सार्वजनिक गरिहाल्नुपर्ने त्यस्तो केही कुरा भएको छैन,” उनले टेलिफोनमा भने।
पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफूहरूले समीक्षा गरिरहेको यादवले बताए। पार्टी स्रोतका अनुसार अध्यक्ष यादवले दाहालसँगको भेटमा पार्टीको तर्फबाट सरकारलाई दिइएको समर्थन कायमै रहेको जानकारी दिएका छन्। यस विषयमा राखेको जिज्ञाशामा यादवले भने, “हामीले कहाँ सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ र?”
यादव अध्यक्ष रहेको जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनाइएको छ। प्रतिनिधिसभामा १२ सांसद रहेको जसपा नेपालका सात सांसद राई नेतृत्वको नयाँ पार्टीमा सामेल भएका छन्। निर्वाचन आयोगले सोमबार मात्र नयाँ पार्टी दर्ताको पत्र दिएको थियो।
सोमबार राति नेपाल आइपुगेका यादवले ‘सत्ता बचाएर संगठन जोगाउने’ रणनीतिअनुसार मंगलबार बिहानै प्रधानमन्त्री दाहाललाई भेट्न पुगेको पार्टी स्रोतको भनाइ छ। आफ्नो राजनीतिक आधार क्षेत्र रहेको मधेश प्रदेशको सरकार जोगाउन पनि जसपा नेपाललाई चुनौती थपिएको छ। त्यहाँ जसपा नेपालकै नेतृत्वमा सरकार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
