प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना दिनु पर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ।
काठमाडौँ– बांग्लादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ।
बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारीसहित विद्युत् बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानूनमा भएको व्यवस्थाबमोजिम बीपीडीबीले २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बांग्लादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो।
प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेश गरेको थियो। उक्त कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो।
प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना दिनु पर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ। मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु पर्नेछ। प्राधिकरण, एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी प्रक्रिया पूरा गरी यही वर्षायामबाट बांग्लादेश विद्युत् निर्यात गर्ने गरी काम शुरू गरिएको बताए। “त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिट्टै सम्झौता हुनेछ,” उनले भने।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बांग्लादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्।
प्राधिकरणले प्राधिकरणले बांग्लादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ। ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बांग्लादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ। कार्यकारी निर्देशक घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिनलगायत सम्पूर्ण कर तथा शुल्क बांग्लादेशले नै बेहोर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
