पर्सा– देशकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट मोटरसाइकल आयातमा उल्लेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगन्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका तीन हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। चालु आर्थिक वर्षको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार १५० थान मोटरसाइकल आयात भएका थिए।
वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनमा २० करोड ६० लाख रुपैयाँका १२७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।
भारत तथा तेस्रो मुलुकबाट पार्टपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए।
गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
