पलेशालाई विमानस्थलमा बाजागाजासहित खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि नगर परिक्रमा गराइएको थियो।
काठमाडौँ– पेरिस पारालम्पिकमा पदक जितेर फर्किएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौँमा नगर परिक्रमा गराइएको छ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशासहितको टोलीलाई विमानस्थलमा बाजागाजासहित खेलकुदमन्त्री तेजुलाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि नगर परिक्रमा गराइएको थियो।
विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणसम्म परिक्रमा गराइएको थियो।

पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी थिइन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
