सुनको मूल्य ४ दिनदेखि स्थिर, चाँदी बढ्यो

सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य चार दिनयता स्थिर छ। सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रहेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो। भदौ १३ गते हालसम्मकै उच्च मूल्य तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ पुगेको थियो। 

यसैगरी, चाँदीको मूल्य भने बुधबारभन्दा तोलामा १० रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।