न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो।
मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ।
प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो।
“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ,” राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयांगोले भने। प्रहरीले पीडितको उमेर खुलाएको छैन। घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेको प्रहरीले जनाएको छ।
आगलागीमा परी १६ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ।
“घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला पर्ने सम्भावना छ,” उनले भने। आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको तर अनुसन्धान जारी रहेको प्रहरीले जनएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
