जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९.१९ प्रतिशत मतदान भएको छ।
जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९.१९ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७.२३ प्रतिशत, दोडामा ६९.३३ प्रतिशत, रामबनमा ६७.७१ प्रतिशत, कुलगाममा ५९.६२ प्रतिशत, शोपियानमा ५३.६४ प्रतिशत र अनन्तनागमा ५४.१७ प्रतिशत मतदान भएको छ। पुलवामामा सबैभन्दा कम ४३.८७ प्रतिशत मतदान भएको छ।
जम्मू–कश्मीरको २४ वटा विधानसभा सिटमा पहिलो चरणमा मतदान भएको हो। यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मु क्षेत्रका आठ सिट समावेश छन्। जम्मू–कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ। अक्टोबर ८ मा मतगणना हुनेछ।
जम्मू–कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धाको आकलन छ। राष्ट्रिय कांग्रेस र कांग्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ। संविधानको धारा ३७० खारेज भएपछि जम्मू–कश्मीरमा भएको यो पहिलो निर्वाचन हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
