व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
दमौली– अविरल वर्षाका कारण पहिरो जाँदा तनहुँका एक दर्जन स्थानमा सडक अवरुद्ध भएका छन्। व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन्।
पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन नसकेको तनहुँका डीएसपी दीपक रायले जानकारी दिए।
उनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ। “पानी परिरहेकाले पहिरा पन्छाएर समस्या भएको छ,” डीएसपी रायले भने।
यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिएको छ। उक्त सडक पनि अवरुद्ध भएको छ। मुग्लिन-पाेखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण बिहान उक्त ठाउँमा सडक भासिएको हो।
कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
