आपत्कालीन समन्वयात्मक बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।
काठमाडौँ– सरकारले लगातारको वर्षासँगैको बाढीपहिराबाट अवरुद्ध सडक अविलम्ब सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शुनिबार सिंहदरबारमा बसेको आपत्कालीन समन्वयात्मक बैठकले अवरुद्ध सडक खुलाउनका लागि भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकले बिजुली, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। बैठकले मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ।
बैठकले बाढीपहिरो तथा डुबानका कारण यातायात प्रभावित भएकाले हाल सञ्चालित विभिन्न परीक्षाहरू तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए। बैठकले तीन दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण आएको बाढी पहिरोबाट भएको हानिनोक्सानीको मूल्यांकन गरेको पनि उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
