पानीले बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब १५० मिटर राजमार्ग बगाएको छ।
काभ्रेपलान्चोक– बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पानी, खाद्यान्नसहितका राहत सामग्री ढुवानी गरिएको छ।
शनिबार साँझ पनि हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि सफल हुन सकेको थिएन। खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले बताए। उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो।
सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब १५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिनेछ। उनीहरूलाई धुलिखेल र भकुन्डे ल्याइनेछ। लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन्। करिब २०० जना यात्रु स्थानीयको शरणमा बसेका छन्। रोशीमा ११ जनाको मृत्यु भएको छ।
पानीले बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब १५० मिटर राजमार्ग बगाएको छ। अरनिको र हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिराका कारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। अन्य ठाउँमा पनि सडकमा पहिरो खसेका र रोशी खोलाको राजमार्ग कटान गरेको छ।
दुई दिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलान्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ। रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरी देउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एक जनाको मृत्यु भएको छ। पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चार जना बेपत्ता भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
