गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी पनि भइरहेको जानकारी दिए।
काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०० सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले सोमबार दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी भइरहेको जानकारी दिए।
“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारीसाधन बाहिरिने छन्,” उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ।”
सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए। बैठकमा सुरक्षा निकायका प्रमुखले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए।
“आज साँझसम्म काभ्रेपलान्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भने, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाईदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ।”
प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन्। “अवरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ”, उनले भने, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन।”
अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ। “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदै छ”, प्रवक्ता तिवारीले भने, “घाइतेहरूको उद्धार र उपचार निःशुल्क भइरहेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
