राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बडादशैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो।
“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ,” राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ।”
आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्ने राष्ट्रबैंकले जनाएको छ।
विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिला वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ। सुकिला नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो।
यो पनि: राष्ट्र बैंकले यसपालिदेखि दशैँमा किन दिँदैन नयाँ नोट?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
