सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ वनस्थलीबाट पक्राउ गरेको हो।
शुक्रबार नै कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेसहितका व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको तथा संगठित अपराधसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।

त्यसलगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ जिल्ला प्रहरी परिसरलाई सम्बोधन गरी लामिछानेलाई पक्राउ गरी पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो।
लामिछानेलाई प्रहरीले कास्की प्रहरी कार्यालयमा पुर्याउने तयारी गरेको छ। कास्की प्रहरीले सूर्यदर्शन सहकारीको बचत अपचलनमा पूरक अनुसन्धान गरिरहेको छ।
लामिछानेलाई पक्राउ पर्ने खबरपछि वनस्थलीस्थित पार्टी कार्लायमा नेता, कार्यकर्ता तथा समर्थकको बाक्लो भीड लागेको थियो। पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए। उनले सम्बोधनका क्रममा आफू छानबिनमा सघाउन सधैँ तयार रहेको तर वर्षौंसम्म एउटै व्यक्तिमाथि जालझेल र षड्यन्त्र भइरहेकोले त्यसको प्रतिवाद हुने बताए। “अनुसन्धानमा सघाउन म तयार छु, साथीहरू सबै तयार छन्, हामी तयार छौँ। तर, वर्षैंसम्म एउटै व्यक्तिमाथि जुन जालझेल षड्यन्त्र भएको छ, यसविरुद्ध प्रतिवाद हुन्छ,” उनले भने। लगत्तै रास्वपाका कार्यकर्ता तथा समर्थकले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

सहकारी संस्थाको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदनमा सहकारी कानूनविपरीत सहकारीबाट गोरखा मिडियामा आएको रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको ठहर गरेको छ।
समितिले गोरखा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई र तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, सदस्य कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।
प्रहरीले यसअघि नै जोशी र रम्तेललाई पक्राउ गरिसकेको छ। जोशीमाथि अनुसन्धान गर्नका लागि शुक्रबार नै कास्की जिल्ला अदालतले २० दिनको म्याद थप गरेको छ। रम्तेल पूर्पक्षका लागि जेल चलान भएका छन् भने राई फरार रहेका छन्।
सहकारी ठगी प्रकरणमा शुक्रबार रविसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको थियो। जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन्।
त्यसैगरी देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ। उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ९ (३) बमोजिम पक्राउ पुर्जी जारी भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
