आनन्द सार जीवन नै सुखद बचाइ। सुखद जीवन नै बाँच्नुको सार-महत्त्व। यत्रतत्र सर्वत्र! जहाँ जाऊँ, उतै मगनमस्त!
तिनै शब्द यी अनुप्रासिक! संग-सगुन-सर्जाम! अनुप्रासिक शब्द पुञ्ज आह्लादमय! मनै स्वच्छ, सदाबहार। मन बहलाउँदो! स्वच्छानन्ददायक! नौलो स्वच्छानन्दका स्रोत-मूलाधार! चिन्तनभित्रका प्रवाहका आधार! यसैमा विभोर बन्छु। विभोर बन्न सक्नु आनन्ददायक जीवन! आनन्द सार जीवन नै सुखद बचाइ। सुखद जीवन नै बाँच्नुको सार-महत्त्व। यत्रतत्र सर्वत्र! जहाँ जाऊँ, उतै मगनमस्त! जीवनको हरियाली! सदाबहार मगनमस्त तन्नेरीपन! मदमस्त जीवन! छुँदैन उमेरको बुढ्यौलीले बाँच्नुको सार्थकता! क्या मज्जा-आहा! निस्फिक्री! मनमानेश्वरी देवीजस्तै!
उन्दै बन्छ माला लङ्कार-सिङ्गार। निबन्धका निर्बन्धकार! पकड्न नसक्दा लय-ताल र सुर, सब हुन्छ निस्सार! उद्भव हुन थाल्छ अनि हाहाकार। प्रयोग बन्दछ निर्बन्ध। निबन्ध सब बेकार! संग, नेपाल भाषाको शब्द। सगुनकै स्वरूप, आफ्नै आकार। संस्कृत शब्दबाट झरेको झर्रो रूप। भाषा-भाषीमाझ उर्वर। सही सलामत! भाषाभाषीहरू सबका सबले बुझ्नैपर्छ भन्ने होइन। चलनचल्तीमा अभ्यस्त भएपछि बुझिँदो रैछ। सहज बन्दो रैछ। सबै भाषाभाषिबीच यस्तै हुँदो रैछ। जन्मदातृ माताको दूध चुस्दै बढेपछि व्यक्ति हलक्क हुँदा रैछन्। अभ्यस्त सामाजिक संस्कार, मन्दित पारम्परिक संस्कारका आमूल संस्कृति। हाम्रा संसारका व्यापक संस्कार। मातृ-अमृतरस अन्तर्निहित जीवन्त कथा र कहानी, काव्यकृति मानव समाजका मार्मिक उपन्यास। मात्र लिनु छैन मौन संन्यास!
लनगशिलताभित्र सफलताको सौर्य-बिर्य छ। अन्तर्निहित सदाबहार! मात्र सरण पर्नु छैन-दुर्बल अधीरताको सँघार! आफ्नै जैविक अनुभूतिका यो उपहार! जीवनका अनुभूति बासी हुन्नन्। स्वादिष्ट, जीवनवर्द्धक विकार विहीन! विश्व यसकै लागि लागिपरेको छ। दुर्बलता अधीरताको सँघार! तात्पर्य, दुर्बल विचारका कारण अधीरता उत्पन्न हुँदोरैछ; हुन्छ नै। आफ्नै अन्तर्यको अनुभूति सार। आफ्ना अनुभूति बाँड्नु स्वधर्म ठान्छु, मान्दै छु। वैभव यही हो भन्छु। अधिक अनुभूति सबल सार्थक! सबल सार्थक अनुभूति सार्वजनिकीकरण बुढ्यौलीका पुण्यधाम-दान, जीवन-सर्जाम। अवसानपछि रहने परम्-दान, आनन्दधाम। आनन्दधाम-परमधाम! जीवनको यो सत्य नस्विकारी सुखै छैन, हुन्न। विधिको विधान, जीवनको सार। नश्वरताको पारिभाषिक यथार्थ अमूर्त; तर झिसमिसभित्र उदाउँदो घाम! कर्मठ कर्मको विश्राम-हरे राम, अनन्तभित्र विलय धाम!
विगत हुँदै सलबलाएको वर्तमान। वर्तमान विलय भएपछि भविष्यत् अनागतका पुस्तौँ-पुस्ताको भोलि-भविष्य! कर्मलिलाका सलबलाउँदा अलमल योजनामय आकार। रूप लिन बाँकी ढलमल बान्की! आशाजनक आँकुरा। हामी-हाम्रा आश्वस्त परिकल्पनाका कल्पवृक्ष। झाँगिँदै जाँदो तरलता-कल्पतरु! अरू के हुनु? जे हुनु भइजान्छ। हामी अनि हाम्रै सच्चा सन्ततिका कृत: कृत्य। स्वामी ब्रह्मानन्दले उद्घोष गरेझैँ जे लाइन्छ, त्यही फल पाइन्छ! असल चिताऔँ, असलै फल प्राप्तिन्छ। कुभलो चिताए आफैँलाई हानि नोक्सानी हुन्छ। सकारात्मक सोच, सकारात्मक परिणाम! जयतु संस्कृतम्! वास्तविक अर्थ भलो चिताऔँ। भलो संस्कृतिमा टेवा दिऔँ।
संग-सगुनका सार्थक सर्जाम-सकारात्मक सोच! योभन्दा सार्थक सर्जाम के हुँदा हुन्? आफैँसितका प्रश्नवोधक चिन्हले चिनाउँछ आफैँलाई! आफूलाई आफैँले बिर्सेर चिन्न सकेनौँ हामीले आफैँ। आफैँलाई नचिनेपछि अरूलाई चिन्ने कसरी? बाटो बिराएका विश्वका बटुवा हामी। दिक साधन हामी आफैँ हौँ। ब्रह्मज्ञान टुट्दा टुट्दो छ जिन्दगीको लय। लय भन्नु नै मार्ग। पथद्रष्टा ब्रह्म विवेक। आफैँ सकर्मक। कुकर्मक आफैँ, आफैँ अकर्मक। प्रश्न तेर्साऔँ आफैँतिर। घाम लाग्नेछ घैँटामा आफैँ-आफ्नै। आफ्नै घैँटामा घाम लाग्नुको प्रतिकात्मक अर्थ बोध हुन्छ ब्रह्म विवेक फुर्नु। ब्रह्म विवेक फुराउन हामी अल्लारिइरहेका हुन्छौँ। खोजीमा विवेक ब्रह्मको। फुरेपछि ब्रह्म फुर्छ, विवेक धारा निर्बाध-अविरल।
संग-सगुन-सर्जामको मर्म विवेक ब्रह्म प्रस्फुटनकै निमित्तका आभ्यन्तिरक मर्माभासमा अड्कन्छ-अड्केको हुन्छ। जानीनजानी हामी यसकै सेरोफेरो चक्र लगाइरहेका हुन्छौँ। सांसारिकता यसैलाई भन्ने चालचलन सर्वव्यापक छ। संग-सगुन सर्जामको मर्म बोल्छ आफैँ मौन भाकामा। मौनताका मर्म खुल्न चिन्तन चिन्मयता हुन्न पर्नु बाझो। चिन्तनको खडेरी पर्नुहुन्न। उर्वर मस्तिष्क बाँझो पर्छ। बँझिए उर्वर चिन्तन बाझिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
