नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।
काठमाडौँ– आईसीसी यू१९ महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ।
दुबईको दि सेभेन्स स्टेडियममा जितका १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो। कुवेतका लागि ओपनर जिफाले १२ रन बनाइन्।
नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २–२ तथा कप्तान पुजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।
नेपालकी कप्तान पुजा महतोले सर्वाधिक ३४ रन बनाइन्। उनले ३८ बलमा ४ चौका प्रहार गरेकी थिइन्। साना प्रविनले १८ बलमा २५ तथा ज्योत्सनिका मरासिनीले १८ बलमा २३ रन जोडिन्।
कुवेतकी आयेसा पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १–१ विकेट लिए। नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो।
चार टोलीको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ। विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
