एनपीएल: जनकपुरको लगातार तेस्रो जित

जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। जनकपुरले १३९ रनको लक्ष्य १७.१ ओभरमा १४३ रन बनाउँदै पूरा गर्‍यो।

काठमाडौँ– जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ। जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्‍यो। 

त्रिवि क्रिकेट मैदानमा १३९ रनको विजयी लक्ष्य जनकपुरले १७.१ ओभरमा पूरा गर्‍यो। जनकपुरका जिम्मी निशम ४० र हर्ष ठाकर १३ रनमा अविजित रहे। आसिफ शेखले ३३ र लाहिरु मालिन्थाले ४५ रनको योगदान दिए। पोखराका विपिन खत्री, माइकल लिस्क र कप्तान कुशल भुर्तेलले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको थियो। पोखराका लागि माकर्स क्रिच्लेले ३० ३५ रन बनाए। एन्ड्रिज गोउसले २० तथा दिनेश खरेलले १० रन बनाए। 

जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। जेम्स निसामले २ तथा किशोर महतो र मोहम्मद मोसिनले समान १/१ विकेट लिए।