टाइम पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरिएको जनाएको छ।
काठमाडाैँ– अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बिहीबार ‘टाइम’ पत्रिकाले ‘टाइम पर्सन अफ द इयर २०२४’ घोषित गरेको छ। राष्ट्रपति चुनावमा उनको शानदार पुनरागमन र विश्वमा अमेरिकाको भूमिका परिवर्तनको लागि मनोनयन गरिएको हो।
पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरेको हो। सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प गत नोभेम्बरमा भएको चुनावमा दोस्रो पटक राष्ट्रपति चुनिएका हुन्। २०१६ मा पनि टाइमले उनलाई वर्ष व्यक्ति चयन गरेको थियो।
यो एक प्रतिष्ठित उपाधि हो जुन विगत ९७ वर्षदेखि वर्षमा कुनै एक व्यक्तिलाई प्रदान गरिँदै आएको छ। वर्षभर राम्रो वा नराम्रो काम गरेर संसारमा भिन्नता ल्याएको वा बढी चर्चा बटुलेका व्यक्तिलाई टाइमले यस्तो सम्मान दिने गरेको छ। २०२३ मा हलिवुड गायिका टेलर स्विफ्ट टाइम वर्ष व्यक्ति बनेकी थिइन्।
टाइम म्यागजिनले यस वर्षको उपाधिका लागि ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अर्बपति उद्योगी एलन मस्क, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र वेल्सको राजकुमारी केटलाई सूचिकृत गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
