रियल मड्रिडलाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे।
काठमाडौँ– अन्तरमहादेशीय कप फुटबल २०२४ को उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ।
कतारस्थित लुसेल स्टेडियममा बुधबार राति सम्पन्न फाइनलमा मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै रियल च्याम्पियन बनेको हो।
रियलको जितमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे। पाचुकाले काउन्टर अट्याकमा केही मुभ बनाए पनि गोल गर्न सकेन।
३७औँ मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुमै रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर पारे। ८३औँ मिनेटमा ओसामा इड्रिसीले लुकास भाज्क्वेजलाई बक्सभित्र फाउल गरेपछि रियलले पेनाल्टीको अवसर पायो। सो अवसरमा भिनिसियसले गल्ती गरेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
