वर्षाका कारण भूक्षय तथा बाढी पहिरोका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।
भारतको मध्यप्रदेश आसपास रहेको न्युनचापीय प्रणाली थप विकसित भई नेपाल नजिक सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिममा पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।
राति, सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
वर्षाका कारण भूक्षय तथा बाढी पहिरोका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
