तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर कारोबार भएको छ। सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला एक हजार ७८० रुपैयाँ थियो।