निगमसँग दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य अवस्थामा आएका छन्। अब तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ।
काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज मर्मतपछि बिहीबार काठमाडौँ आइपुगेको छ।
विस्तृत परीक्षण विस्तृत परीक्षण (सीचेक)का लागि गत असार ८ मा इटली गएको एन एएलवाई कलसाइनको जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थलमा अवतरण गरेको हो।
निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य अवस्थामा आएका छन्। अब लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिइने निगमका प्रवक्ता रमेश पौडेलले बताए।
निगमको अर्को वाइडबडी जहाज पनि सीचेकका लागि इटली गएको छ। निगमले असार ८ मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए।
एक वाइडबडी थपिएपछि अब तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
