मंसिर ४ काे निर्वाचनपछि पहिलो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय बैठकमा केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय र निर्वाचन परीणामबारे छलफल हुनेछ।
काठमाडौँ– नेकपा एमालेकाे केन्द्रीय कार्यालय बैठक बुधबार बस्दै छ। मंसिर ४ काे निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
महासचिव नेतृत्वमा रहेको केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो। “निर्वाचनको समीक्षा लगायतका विषयमा आजको बैठकमा छलफल हुन्छ”,उनले भने,“केन्द्रीय सचिवालय बैठकका लागि आवश्यक अजेन्डा पनि तय हुन्छ।”
बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ। निर्वाचन आयोगले मंगलबार समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसकेको छ।
एमालेले प्रतिनिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटसहित ७८ सिट प्राप्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
