पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधासमेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।
इजरायलले मध्य गाजामा विस्थापित प्यालेस्टिनीले आश्रय लिएको एक विद्यालयमा गरेको हमलामा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु भएको छ।
गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा पहिले पनि धेरै पटक हवाइ हमला भइसकेको छ।
पछिल्लो हमलामा राष्ट्रसंघद्वारा सञ्चालित सुविधासमेत प्रभावित बनाई आश्रय लिएका मानिसलाई विस्थापित गरेको जनाइएको छ।
“इजरायली सेनाले यूएनआरडब्लूएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ। आक्रमणमा दुई यूएनआरडब्लूए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ। १८ भन्दा बढी घाइते भएका छन्,” गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भने। गाजामा धेरै विद्यालय विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ। विद्यालयमा बारम्बारको युद्धले बिथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।
इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै प्यालेस्टिनी तथा विस्थापित नागरिकबिच लुकेको आरोप हमासले अस्वीकार गरेको छ।
इजरायली सेनाले विज्ञप्तिमार्फत अल–जावनी क्षेत्र भित्र हमासको कमान्ड र नियन्त्रण केन्द्रमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
