भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताएका छन्।
काठमाडौँ– चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। दिंग्गे काउन्टी दक्षिणतर्फ नेपालको संखुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किमसँग सीमा जोडिएको छ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, संखुवासभालगायत जिल्लामा महसुस गरिएको थियो।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए। केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंग्गेमा शक्तिशाली भूकम्प गएको बताए।
केन्द्रले ६ देखि ८ म्याग्निच्युडको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ। नेपालमा २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। केही समयदेखि पश्चिम नेपालमा निरन्तर ससाना भूकम्प गइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
