वर्षायामसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने स्थानीयको भनाइ छ।
मन्थली– सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल जीर्ण बन्दै गएको छ।
पुलको पिलरमा भटौली खोलाको बाढी ठोक्किएपछि भत्किन थालेको हो। खाँडादेवी–४ का स्थानीयक खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ। खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको उनले बताए।
वर्षायामसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने जोखिम रहेको स्थानीय अक्कलबहादुर माझीको भनाइ छ। वर्षाको बेला बाहुन्चुरा, पिंङखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेकाले दैनिकजसो यस खोलामा बाढी आउने गरेको छ। पुललाई क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७ का वडाध्यक्ष भुवनहरी प्रसाईंले बताए।
“यो मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्छ, मैले पनि नगर कार्यपालिकाको बैठकमा कुरा राखेको छु, दुवै पालिका मिलेर समस्या समाधान गर्न जरुरी छ,” उनले भने। यो खोलाको पक्की पुल तीनवटा गाउँपालिका जाने प्रमुख र काठमाडौँ जाने रामेछापको वैकल्पिक यातायात सञ्जालमा महत्त्वपूर्ण मानिन्छ।
गत वर्ष खुर्कोटको पुल बगाउँदा दोलखा र रामेछाप जाने–आउने सबै सवारीसाधनले यही बाटो प्रयोग गरेका थिए। अहिले पनि खुर्कोटको बेलीब्रिजबाट १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधन वारपार गर्न पाउँदैनन्, यही पुल भएर आवतजावत गर्नुपर्छ।
यस पुलले मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
