शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ।
काठमाडौँ– संयुक्त राष्ट्र संघकाे शान्ति स्थापना कार्यअन्तर्गत लेबनानमा तैनाथ डेपुटी फाेर्स कमान्डर, नेपाली सेनाका उपरथी चाेकबहादुर ढकाल विद्रोही समूहको आक्रमणमा घाइते भएका छन्।
शुक्रबार राति लेबनानको राजधानी बेरुत नजिक ढकाल सवार गाडी (कन्भोए)लाई उत्तेजित प्रदर्शनकारीले रोकेर तोडफोड गरी घाइते बनाएका हुन्। उनलाई उपचारका लागि ‘यूएन लेभल–३ अस्पताल’ बेरुत लगिएको नेपाली सेनाले जनाएको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
उपरथी ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारीमा थिए। शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेबनानी सरकारलाई घटनाको अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ।
घटनापछि ‘यूनिफिल’ मिसन हेर्डक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापनामा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।
घटनाको भर्तना गर्दै लेबनानका प्रधानमन्त्री र लेबनिज आर्म्ड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई काबाहीको दायरामा ल्याउने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
